Logo
१७ वैशाख २०८३, बिहीबार

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो अग्रतामा

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०८:०३ मा प्रकाशित

रुकुमपूर्व । रुकुमपूर्वमा भइरहेको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरसहित अग्रतामा रहेका छन्।

हालसम्म २ हजार ६३५ मत गणना हुँदा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मत पाएका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रचण्ड