



झापा। सञ्चारकर्ममा विश्राम लगाउँदै राजनीतिमा प्रवेश गरेका प्रकाश पाठक अन्तत: संसद भवनमा गुञ्जिने भएका छन्।
सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार रहेका पाठक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई हराउँदै निर्वाचित भएका हुन्।
उनले ३८ हजार ६७४ मत प्राप्त गर्दै संसदको यात्रा तय गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी लिङ्देनले १७ हजार २९४ मात्रै मत पाएका छन्। पाठकले लिङ्देनलाई २१ हजार ३८० मतले परािजत गरेका हुन्।
रवि लामिछानेले रास्वपा पार्टी स्थापना गरेसँगै पाठकले ग्यालेक्सी फाेरके टिभीको सञ्चारकर्म बिट मारेर राजनीतिमा होमिएका थिए। त्यसअघि उनले विभिन्न सञ्चारमाध्यममा १४ वर्ष पत्रकारिता गरेका थिए।
२०४५ साल साउन १ गते झापाको बाह्रदशी गाउँपालिका घाग्रामा जन्मिएका पाठकले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
निर्वाचन प्रकाश पाठक रास्वपा



