Logo
१९ वैशाख २०८३, शनिबार

सप्तरी–२ मा रास्वपाको जीत, जनमतका सीके राउत पराजित

अक्षरपाटी
२०८२ फागुन २४ , आईतबार ०२:०३ मा प्रकाशित

काठमाडौं । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव निर्वाचित भएका छन्। उनले २८ हजार ४०४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

यस निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउत पराजित भएका छन्। राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा सीमित भए। दोस्रो स्थानमा जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादव रहे, उनले १४ हजार २६३ मत प्राप्त गरे।

त्यस्तै, जनमत पार्टीबाट फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। सिंह यसअघि जनमत पार्टीकै तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए।

अन्य उम्मेदवारतर्फ नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० तथा मोहम्मद जियाउन रहमानले ८८३ मत प्राप्त गरेका छन्।

निर्वाचन सीके राउत