Logo
१४ असार २०८३, आईतबार

कैलाली–२ मा रास्वपाका केपी खनालको जित

अक्षरपाटी
२०८२ फागुन २४ , आईतबार ०३:०३ मा प्रकाशित

कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल निर्वाचित भएका छन्। २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन्।

अन्य उम्मेदवारतर्फ नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याएका छन्।

यसअघि कैलालीका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाले सफलता हात पारेको छ। कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–३ बाट जगतप्रसाद जोशी तथा कैलाली–४ र ५ बाट क्रमशः खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भइसकेका छन्।

केपी खनाल निर्वाचन