Logo
४ वैशाख २०८३, शुक्रबार

कञ्चनपुरका ३ निर्वाचन क्षेत्रबाट ४४ जनाको जमानत जफत

अक्षरपाटी
२०८२ फागुन २७ , बुधबार ०३:०३ मा प्रकाशित

कञ्चनपुर । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट १९ उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो। सदर मतमध्ये चार उम्मेदवारले मात्रै १० प्रतिशत मत कटाएका छन् भने १५ जनाको जमानत जफत भएको छ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको १० हजार रुपियाँ जफत गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताए ।

निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका १९ मध्ये १५ उम्मेदवारको धरौटी जफत भएको छ । आवश्यक मत नपुगेकाको जमानत जफत गरिएको निर्वाचन कार्यालयले बताएको छ। निर्वाचन क्षेत्र नम्बर ३ का १७ उम्मेदवारमध्ये १४ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्र्यालयले जनाएको छ।

क्षेत्र नम्बर ३ मा सदर मत ५३ हजार ५४६ को १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत गरिएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक लाख ८४ हजार ३४१ मत खसेकामा एक लाख ७१ हजार ७१४ मत सदर भएको थियो।

निर्वाचन

ट्रेन्डिङ ( साप्ताहिक )