प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले अग्रता बढाएका छन् ।
बूढानीलकण्ठ नगरपालिका २ अन्तर्गत दुई हजार ७०५ मतगणना हुँदा थापाले एक हजार ३५८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले नौ सय ४९ मत पाएका छन् । सुरुवाती गणनामा यी दुईबीच निकै नजिकको टक्कर देखिएको थियो ।