Logo
२१ जेठ २०८३, बिहीबार

शान्तिपूर्ण निर्वाचनपछि प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथमा रुद्राभिषेक

अक्षरपाटी
२०८२ चैत्र ४ , बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा रुद्राभिषेक पूजा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवादस्वरूप पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। साथै आगामी दिनमा देश अझ उन्नति र प्रगतितर्फ अघि बढोस् भन्ने कामना पनि गरेकी छन्।

सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने सन्देशसमेत दिएकी थिइन्।

उक्त पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोष का सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री सुशीला कार्की सुशीला कार्की

ट्रेन्डिङ ( साप्ताहिक )