Logo
१९ वैशाख २०८३, शनिबार

अभिनेता राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार, अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ०४:०३ मा प्रकाशित

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको नाम प्रयोग गरी रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आरोप अनुसार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी ९रामबहादुर० लम्सालले वृत्तचित्र निर्माणको नाममा सार्वजनिक रकम दुरुपयोग गरेका हुन्।

हमालको तस्बिर र नाम जोडेर कार्यक्रम बनाउने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइए पनि १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको र सो प्रक्रियामा कानुनी मापदण्ड पालना नगरेको अख्तियारको दाबी छ।

आयोगले उक्त रकम बराबरको बिगो असुल तथा थप सजायको माग गर्दै सार्वजनिक खरिद सम्बन्धी कानुन उल्लंघन भएको जनाएको छ।

राजेश हमाल