Logo
७ वैशाख २०८३, सोमबार

दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

अक्षरपाटी
२०८२ चैत्र ७ , शनिबार ०८:०३ मा प्रकाशित

धनगढी – कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । 

काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो ।

सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन् । घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार पैदलयात्रीलाई बचाउन खोज्दा बस विपरीत दिशाको सडकबाट तल खाल्डोमा पल्टिएको थियो । बसमा सवार केही यात्रुलाई सामान्य चोट लागेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बस दुर्घटना