Logo
१९ वैशाख २०८३, शनिबार

नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खाता खोल्यो

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०१:११ मा प्रकाशित

कैलाली । प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७४४९ मत ल्याउँदा गंगारामले २३१२० मत ल्याइ विजयी भएका हुन्।

त्यसैगरी नेकपा एमालेका गौरी शंकर चौधरी ९८१४ मत प्राप्त गरे।