



काठमाडाैं। राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न अर्थमन्त्रालयले आज उच्चस्तरीय छलफल गर्ने भएकाे छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनुहुनेछ।
राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि साे बैठकमा बाेलाइएकाे छ।
राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री डा वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने बुझिएको छ।
अहिले बिहान ११ बजे बोलाइएकाे बैठक एक घण्टाका लागि तय भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।
बैठकका छलफल र निर्णयबारे सञ्चार माध्यमलाई मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराउने कार्यक्रम छ।




