Logo
८ वैशाख २०८३, मंगलबार

दार्चुलामा झोलुङ्गे पुल निर्माणका लागि धरानबाट ५० जनाको टोली जाँदै

अक्षरपाटी
२०८२ चैत्र २० , शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने आफ्नाे चुनावअघिको वाचा पुरा गर्ने भएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘बाेलेपछि बोल्यो, बोलेकाे कुरा गरिछाड्नुपर्छ। धरानबाट ५० जना श्रमदाताको टोली तयार रहनुहोला ।’

साम्पाङले ‘जीवन प्रतिज्ञा हो, जीवन परीक्षा हो’भन्दै दार्चुलाका जोखिमपूर्ण तुइन यात्रालाई अन्त्य गर्न यो अभियानमा सहभागी हुन समेत अपिल गरेका छन्आ।

उनका अनुसार सहभागी श्रमदाताहरूका लागि आवतजावत बस सेवा निःशुल्क गरिनेछ र रुखाेसुखो बाँडीचुँडी खान पनि अपिल गरेका छन्। ‘रुखोसुखो बाँडीचुँडी खाउँला, दुःखै गरौँला,’ उनले लेखेका छन्।

साम्पाङले अभियानमा सहभागी हुनेहरूलाई आफ्नो लुगाफाटा भने आफैं बोकेर आउनुपर्ने जानकारी गराएका छन्उर

अभियानमा सहभागी हुनका लागि उनले सम्पर्क नम्बर ९८५-२०६१७१५ र ९८२-३४८४५४६ सम्पर्क गर्न सकिने समेत जानकारी दिएका छन्।

श्रम सँस्कृति पार्टी हर्क साम्पाङ