



धनगढी । सुदूरपश्चिमको कला र संस्कृतिलाई समेटिएको नयाँ डेउडा गीत ‘झलना लाईहेलूँ’ बजारमा आएको छ।
रमेश बिजुली बिसीको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो।
यस गीतमा ‘फारवेर्स्टन राइडर’ का नामले परिचित चर्चित साइकलयात्री भरत विक्रम शाह र व्यवसायी कोपिला कुँवरले मुख्य भूमिकामा अभिनय गरेका छन्। दुवैको अभिनयलाई दर्शकहरूले निकै रुचाएका छन्।
यस्तै ध्वज महरा र लक्ष्मी नेपालीको स्वर रहेको उक्त गीतमा कर्ण बोगटीको शब्द रहेको छ।
८ दिन अगाडि ध्वज महरा युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई ६५ हजार बढिले हेरेका छन् भने टिकटकमा पनि गीतका क्लिपहरु दर्शकले रुचाईरहेका छन्।
हेर्नुहोस् भिडियो:




