



काठमाडौं । नयाँ बर्ष २०८३ को पूर्व सन्ध्या पारेर शिव श्रेष्ठको रचना तथा संगीतमा ‘शुभकामना’ गीत सार्वजनिक भएको छ।
गायक भेनस केसीको स्वर तथा सशांक सापकोटाको म्युजिक प्रोडक्सन रहेको गीतलाई द चेरी प्रोडक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
टिकटक हुँदै पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडेल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
बियोगान्त प्रेम कथामा बनेको गीतको भिडियोलाई रमणीय स्थानमा छायांकन गरिएको छ ।




