Logo
२५ जेठ २०८२, शनिबार

कैलाली २ मा नागरिक उन्मुक्तिलाई पछि पार्दै माओवादीको अग्रता

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ११:११ मा प्रकाशित

कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ। प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन्।

बडुवालले ४ हजार ६९१ र चौधरीले ४ हजार ५२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। बडुवालले चौधरीको सुरुवाती अग्रतालाई उछिनेका छन्।

अहिलेसम्म जानकी गाउँपालिकाको मत गणना भएको छ। लम्कीचुहा नगरपालिका, बर्दगोरीया गाउँपालिका र मोहन्याल गाउँपालिका वडा नं। ७ को मत गणना हुन बाँकी रहेको छ।