Logo
४ वैशाख २०८३, शुक्रबार

बझाङमा शाैचालय बनाउन खनेकाे खाल्डाेमा डुबेर बालबालिकाकाे मृत्यु

अक्षरपाटी
२०८३ वैशाख ३ , बिहीबार ०६:०४ मा प्रकाशित

धनगढी । बझाङमा पानी जमेकाे खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

बित्थडचिर गाउँपालिका–१ काे माथिल्लो बित्थडमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर बालबालिकाकाे मृत्यु भएको प्रहरीले जनाएको हो ।

पानीमा डुबेर साेही ठाउँका गगन बाेहराकाे ५ वर्षीया छाेरा  जेनिस र सन्ताेश बाेहराकाे ६ वर्षीया छाेरी प्रिन्सा रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।

उनकाअनुसार दुवै जना छिमेकीकाे घर नजिकै शाैचालय निर्माण गर्न खनेकाे खाल्डाेमा जमेकाे पानीमा डुबेकाे अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए । घटनास्थल कार्य सकेर उनीहरूकाे शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बालबालिकाकाे मृत्यु

ट्रेन्डिङ ( साप्ताहिक )