Logo
१२ जेठ २०८३, मंगलबार

आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिक हस्पिटलमा विशेष छुट

अक्षरपाटी
२०८३ वैशाख ४ , शुक्रबार ०२:०४ मा प्रकाशित

काठमाडौं। मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ।

अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियामा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो।

वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक सातासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।

यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा ल्याएको छ। बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष) हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

वैशाख २ गतेदेखि सुरु भएको यो सुविधा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। अस्पतालले विभिन्न अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा छुट योजना सञ्चालन गर्दै आएको छ।

नर्भिक इन्टरनेशनल हस्पिटल