



o अमित संग्राैला
यी पानीका थोपाहरूले
तिम्रो आँशु पखाल्छ कि पखाल्दैन ?
यो चलिरहेको बतासले
तिमीलाई कतिको स्पर्श गर्छ ?
तिम्रो त्यो कोमल
मुटुलाई छुन्छ कि छुँदैन ?
अहो ! मनभित्र कस्तो अनुभूति
कस्तो अलौकिक आनन्द
मुसलधारे पानी परिरहेको छ प्रिय ।
हिजो, अस्ति र आज
केही दिनदेखि बर्सिरको छ यो झरी
यो पानी, यो झरीलाई सम्झिने बित्तिकै
बिरूवाहरू मौलाए
कोपिलामा रङ्ग चढ्यो
र
फुलहरू लजाए
लाभाहरू पनि सकृय भएँ ।
आज म प्रफुल्ल छु
शान्त भएको छु
किनकि आज झरीसँगै
प्रकृतिसँगको प्रेममा छु
कस्तो चिसो स्पर्श
मुटुलाई छुने गरि !
यो पानी, यो झरी
यो मौसम,
आकाशमा बादलहरू नाचिरहेका
धेरै समयपछि
प्रकृतिले आफ्नो आँशु
पखालेर हल्का भएको जस्तो छ ।
कसैका लागि यो झरी
आँशुको धारा नबनोस्
पीडाको आँशु नबगोस्
झरीसँग प्रेमको साथै
दुःख व्यक्त गर्दछु ।




