Logo
३० वैशाख २०८३, बुधबार

रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७ देखि चितवनमा

अक्षरपाटी
२०८३ वैशाख ३० , बुधबार १०:०५ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थापनाकै दिनको अवसर पारेर पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ।

आज बिहान बसेकाे पार्टीको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशन आउँदो असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते ग्यालेक्सी टेलिभिजन छाेडेर रास्वपा पार्टी स्थापना गरेका थिए।

स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए।

पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मतसहित २१ सिट जितेको थियो।

पार्टी स्थापनाको चार वर्ष नहुँदै गत फागुनमा २१ मा सम्पनन् निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मत सहित १८२ सिट जितेको थियो।

महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )