



काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा उनलाई हिजै राति पक्राउ गरेको जनाएको छ।
उनलाई सिन्धुली बाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको ब्युरोले जनाएको छ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता गरेको आरोप लगाइएको छ।
सीआईबीले उनीविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
ज्योति प्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंक



