Logo
५ जेठ २०८३, मंगलबार

सुकुमावासीलाई केही सातामै लालपुर्जा : मन्त्री रावल

अक्षरपाटी
२०८३ जेठ ५ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले सोमबार मात्रै सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरे लगत्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लालपूर्जा समेत वितरण सुरु गर्ने बताएकी छन्।

‘समस्याग्रस्त सहकारीका बचतकर्ताको सवालमा मात्र सरकार संवेदनशील छैन’, मन्त्री रावलले भनिन्, ‘सहकारीसँगै हामी सुकुमवासीलाई लालपुर्जा वितरणको तयारीमा पनि छाैँ, यो प्रक्रिया केही सातामै सुरु हुन्छ।’

सोमबार मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो।

बालेन नेतृत्वको सरकारले सार्वजनिक जगामा बनाएका घरटहरा हटाउन सुरु गरेकाे थियो। त्यस्ता बस्तीमा रहेका वास्तविक सुकुमवासीको व्यवस्थापनमा सरकारल लागेकाे मन्त्री रावलको भनाइ छ।

सरकारले वास्तविक सुकुमवासीकोलाई स्थायी बसोबासको व्यवस्था नभएसम्मका लागि मासिक १५ हजार दिने चर्चा समेत चलेको थियो।

रास्वपा सांसद एवम् मन्त्री रावलले सुकुमवासी समाधानका लागि बनाइएका पुराना संरचनाले काम गर्न नसकिएकाले फरक किसिमले काम सुरु गर्नुपरेको पनि बताएकी छन्।

‘पुरानो ढर्राबाट हुँदैन र पुराना जति पनि हाम्रा संरचना थिए, तिनले राम्रो रिजल्ट दिन सकेनन्। हामीले फरक किसिमबाट संरचना बनाएर काम गरेका छाैँ’, मन्त्री रावलले भनिन्, ‘त्यो मात्र होइन अबको केही सातामै सुकुमवासीले जगाकाे लालपुर्जा पाउन सुरु हुन्छ।’

मन्त्री प्रतिभा रावल