



चितवन। चितवनमा पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै माेटरसाइकल डोर्याएर विरोध गरिएको छ।
‘गरिखाना देउ’सँस्थासहित जेनजी अभियन्ता मिराज ढुंगानाको अगुवाइमा चितवनमा युवाहरूले अनौठो शैलीको विरोध गरेका हुन्।
आइतबार आयोजित विरोध र्यालीमा सहभागीहरूले मोटरसाइकल र स्कुटर नचलाइ हातले डोर्याउँदै सरकारविरुद्ध सांकेतिक प्रदर्शन गरेका थिए।
पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न करका कारण मूल्य अत्यधिक बढेको र त्यसले हरेक क्षेत्र प्रभावित हुँदै गरिबको चुलाे नबल्ने अवस्था आएको भन्दै युवाहरूले सरकारसँग ‘अनावश्यक कर’ खारेज गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले बढ्दो महँगीका बीच इन्धनमा थपिएको करले सर्वसाधारण, विद्यार्थी, मजदुर तथा साना व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्।
चितवनमा निकालिएको विरोध र्यालीमा सहभागीहरूले मोटरसाइकल र स्कुटर हातले डोर्याउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
तस्विर : RONB
मिराज ढुंगाना



