Logo
११ जेठ २०८३, सोमबार

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

अक्षरपाटी
२०८३ जेठ ११ , सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी दिएका छन् ।

डंगोल यसअघि सहसचिवका रूपमा कार्यरत थिए । सरकारले नागरिक उड्डयन क्षेत्रको नेतृत्व तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण