



काठमाडौं । विपक्षी दलहरूको निरन्तर नाराबाजी र अवरोधका कारण प्रतिनिधिसभा बैठक आगामी २५ जेठसम्मका लागि स्थगित गरिएको छ।
दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिए पनि उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएका थिए। तथ्य पुष्टि गर्न नसके प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीहरूको अडान रहेको छ।
विपक्षी दलहरूले आफ्नो विरोध कायम राखेपछि सभामुख अर्यालले संसद्को कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर अवरोध जारी रहेपछि उनले प्रतिनिधिसभाको अर्को बैठक २५ जेठसम्मका लागि स्थगित भएको घोषणा गरे।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेका थिए। तर विपक्षीको अवरोधका कारण ती कार्यसूची अघि बढ्न सकेनन्।
प्रतिनिधिसभा बैठक स्थगित


