Logo
१९ जेठ २०८३, मंगलबार

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

अक्षरपाटी
२०८३ जेठ १९ , मंगलबार ०४:०६ मा प्रकाशित

काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।

हिजो जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले हिजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

उनले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याएका छन्।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने वनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्ने विश्वास बैंकले लिएको छ।

एनआईसी एशिया बैंक

ट्रेन्डिङ ( साप्ताहिक )