



काठमाडाैं। सरकारले ‘आइतबारको बिदा फिर्ता लिने’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताइएको छ।
बालेन शाह नेतृत्वको सरकारले सरकार गठन लगत्तै पेट्रोलियम पदार्थको असहजतालाई मध्यनजर गरेर शनिबार र आइताबार सातामा दुई दिन बिदा दिन सुरु गरेको हो।
यतिबेला सामाजिक सञ्जालमा ‘आइतबारको बिदा फिर्ता लिइएको’ भनेर ४ वर्षअघिको पुरानो समाचार भाइरल बन्दै गएको छ। जसले धेरै पक्षलाई झुक्याइरहेको छ।
यस हल्लामा कुनै सत्यता नभएको सरकारका एक मन्त्रीले अक्षरपाटीलाई बताए। उनले भने, ‘सरकारले त्यस्तो कुनै निर्णय गरेको छैन।’
२०७९ सालमा सरकारले लागू गरेको दुई दिने (शनिबार–आइतबार) सार्वजनिक बिदाको व्यवस्था केही समयमै फिर्ता लिएको थियो।
अहिले सामाजिक सञ्जालमा त्यही समयको समाचारलाई भाइरल बनाइएको पाइएको हो।
वर्तमान सरकारले आइतबारको बिदा फिर्ता लिने कुनै निर्णय नगरेको बरु हालको व्यवस्था अनुसार धेरै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुवै दिन साप्ताहिक बिदा लागू रहेको बताएको छ।
सार्वजनिक बिदा


