



काभ्रे। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। धुलिखेल अस्पतालमा उनीहरुको उपचार सुरु गरिएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको संख्या सार्वजनिक भएको छैन।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बस दुर्घटना


