Logo
३ भदौ २०८३, बुधबार

खरिद अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहित पाँच जना पक्राउ

अक्षरपाटी
२०८३ भदौ ३ , बुधबार ०३:०८ मा प्रकाशित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा भएको खरिद अनियमितता प्रकरणमा पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटीका चार जना तत्कालीन पदाधिकारी र एक जना बिचौलिया छन्।

उनीहरूलाई खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो।

सीआईबीका अनुसार रेडक्रसको खरिदसम्बन्धी अनियमितताका विषयमा उनीहरूमाथि केही समयदेखि अनुसन्धान भइरहेको जानकारी दिइन्।

अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा पूर्वअध्यक्ष थापासहित पाँच जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि खरिद प्रक्रियामा भएको अनियमिततासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।

रेडक्रसमा विभिन्न सामग्री तथा उपकरण खरिदका क्रममा अनियमितता भएको आरोपमा सीआईबीले यसअघि पनि अनुसन्धान अघि बढाएको थियो।

पक्राउ परेकामाथि कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ। थापा नेतृत्वमा रहँदा पटकपटक विवादमा रहँदै आएका व्यक्ति हुन्।

रेडक्रस