Logo
१२ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढीपीडितलाई एनआईसी बैकको २ करोड २१ लाख सहयोग

अक्षरपाटी
२०८३ भदौ १२ , शुक्रबार १०:०८ मा प्रकाशित

काठमाडाैं। एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि २ करोड २१ लाख सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख गरी कुल रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ।

बैंकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एनआईसी एशिया बैंक

ट्रेन्डिङ ( साप्ताहिक )