Logo
२१ भदौ २०८३, आईतबार

अविरल वर्षापछि बडीमालिकामा पहिरो, सात घर–गोठमा क्षति

अक्षरपाटी
२०८३ भदौ २१ , आईतबार ११:०९ मा प्रकाशित

बाजुरा । अविरल वर्षापछि खसेको पहिरोले बाजुराको बडीमालिका नगरपालिकामा सात वटा घर तथा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति करिब ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका–८ कोठ्याराका नरे रावल तथा वडा नम्बर ९ का करे थापा र दीपक विकको घरमा क्षति पुगेको हो ।

यस्तै, बडीमालिका–९ का मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारको गोठमा पनि पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा र पशुचौपायामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अविरल वर्षा बाढीपहिरो

ट्रेन्डिङ ( साप्ताहिक )