



काठमाडौं । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिले तीनवटा उपसमिति गठन गरेको छ।
समितिको पूर्ण बैठकले बाणिज्य तथा आपूर्ति, उपभोक्ता हित र उद्योग उप समिति गठन गरेको हो।
तीनवटै उपसमितिको जिम्मेवारी रास्वपा सांसदले पाएका छन् ।
बाणिज्य तथा आपूर्ति समितिको संयोजक प्रकाश पाठक चयन भएका छन्। सो उपसमितिमा अमरकान्त चौधरी, कालीबहादुर सहकारी, कृपाराम राना, टेकबहादुर शाक्य, मातृकाप्रसाद यादव र सृजना श्रेष्ठ सदस्य छन्।
त्यस्उतै उपभोक्ता हित उपसमितिको संयोजक रन्जु न्यौपाने चयन भएकी छिन्।
सो उपसमितिका सदस्यहरुमा आनन्द बहादुर चन्द, निराशा चौधरी डगौरा, प्रकाशसिंह कार्की, बुद्दरत्न महर्जन, लालबिक्रम थापा र क्षितिज थेबे सदस्य छन्।
बदनकुमार भण्डारीको संयोजकत्वमा रहेको उद्योग उपसमितिमा अरबिन्द शाह, एलिजा गुरुङ, गंगादेवी श्रेष्ठ, बुद्विप्रसाद पन्त, हरिनादेवी कामी र सूर्यबहादुर तामाङ सदस्य छन्।
समितिले यसअघि नै रास्वपाकै प्रभा कार्कीको संयोजकत्वमा वैदेशीक रोजगार उपसमिति बनाएको थियो।
प्रकाश पाठक

