



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका आन्तरिक विषयमा छलफल हुनेछ।
बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको सांगठनिक गतिविधि तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी

