Logo
११ असोज २०८३, आईतबार

इन्जिनियरिङ र विपद् व्यवस्थापनको अनुभवसहित लबप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

अक्षरपाटी
२०८३ असोज ११ , आईतबार ०२:०९ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट इन्जिनियर लबप्रसाद जोशीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।

सिभिल इन्जिनियरिङमा स्नातक तथा निर्माण इन्जिनियरिङ व्यवस्थापन र ग्रामीण विकासमा स्नातकोत्तर गरेका जोशीले पूर्वाधार विकास, निर्माण व्यवस्थापन तथा विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेका छन्। उनले स्वदेश तथा अन्तर्राष्ट्रिय विभिन्न परियोजनामा प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन्।

जोशीले विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन्। उनले निर्माणसम्बन्धी संस्थामा कार्यक्रम इन्जिनियरका रूपमा तथा जापानको निर्माण कम्पनी सिमिजु कर्पोरेसनमार्फत इन्डोनेसियामा गुणस्तरीय सुपरिवेक्षकका रूपमा काम गरेका थिए।

जोशी नेपाल इन्जिनियर्स एसोसिएसन धनगढी शाखा र सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष समेत हुन्।

महाधिवेशन प्रतिनिधिका रूपमा उनले प्राविधिक विज्ञताको उपयोग, पारदर्शिता र जवाफदेहिता, दिगो पूर्वाधार विकास, युवा सहभागिता तथा विपद् पूर्वतयारीलाई प्राथमिकतामा राखेका छन्। बाढी, डुबान तथा नदी कटानको वैज्ञानिक समाधान र दीर्घकालीन पूर्वाधार विकासका विषयलाई समेत आफ्नो कार्यदिशामा समेटेको जोशीले बताएका छन्।

कांग्रेस महाधिवेशन महाधिवेशन नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )