Logo
११ असोज २०८३, आईतबार

कांग्रेस कैलाली–५ को क्षेत्रीय सभापतिमा केशव राज जोशीको उम्मेदवारी घोषणा

अक्षरपाटी
२०८३ असोज ११ , आईतबार ११:०९ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति पदका लागि केशव राज जोशीले उम्मेदवारी घोषणा गरेका छन्।

आसन्न क्षेत्रीय अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिन लागेका जोशीले पार्टी संगठनप्रतिको निष्ठा, त्याग, अनुभव र कांग्रेसप्रतिको माया नै आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको बताएका छन्।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका जोशीले नेतृत्वमा रहेर संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र आपसी सहकार्य, एकता र अनुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।

निर्वाचन समितिको कार्यतालिका अनुसार असोज १२ गते धनगढीमा क्षेत्रीय कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि (३४ जना), प्रदेश सभा कार्यसमिति र ३३ जना महाधिवेशन प्रतिनिधीको चयन हुनेछ ।

नेपाली कांग्रेस