



काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले सोमबार भक्तपुरस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।
प्रसाईँले सांसद खतिवडालाई लक्षित गर्दै उनका छोरा तथा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाको मृत्युको विषयलाई जोडेर आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाउँदै भावुक भएकी थिइन्।
उक्त अभिव्यक्तिविरुद्ध खतिवडाको परिवारका तर्फबाट साइबर ब्यूरोमा उजुरी परेको बताइएको छ।
प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पुर्जी लिएर आएको प्रहरीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
प्रहरीले प्रसाईँलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
दुर्गा प्रसाईं पक्राउ

