Logo
१४ असार २०८३, आईतबार

समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, समाजवादी राष्ट्रिय दल बन्नै मुस्किल

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार ०३:१२ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमाले पहिलो बनेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले २७ लाख ८३ हजार भन्दा बढी मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २६ लाख ५२ हजारभन्दा केही मत बढी ल्याएर दोस्रो स्थानमा छ।

माओवादी केन्द्रले ११ लाख ६१ हजार भन्दा बढी मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार र जनमत पार्टीले तीन लाख ९४ हजारभन्दा धेरै मत पाइसकेको छ।

तर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले भने अहिलेसम्म २ लाख ९४ हजार मात्रै मत पाएकाले राष्ट्रिय पार्टी बन्ने सम्भावना कमजोर देखिएको हो।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गरेको छ।

यस्तै माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन्।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन्।

समानुपातिक