Logo
११ कात्तिक २०८३, बुधबार

अमेरिकामा कांग्रेस अधिवेशनको तयारी तीव्र, देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने

अक्षरपाटी
२०८३ कात्तिक ११ , बुधबार ११:१० मा प्रकाशित

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी १५ नोभेम्बर २०२६ मा सम्पन्न हुने भएको छ। आगामी मंसिरमा काठमाडौँमा हुन गइरहेको नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको यस अधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

अधिवेशनको मिति नजिकिएसँगै अमेरिकामा रहेका सबै राज्य शाखाहरू (च्याप्टरहरू) मा सांगठनिक सरगर्मी बढेको र राजनीतिक कार्यक्रमहरूलाई तीव्र पारिएको जानकारी जनसम्पर्क समिति अमेरिकाका संयोजक प्रमोद सिटौलाले दिएका छन्।

संयोजक सिटौलाका अनुसार १५ नोभेम्बरमा हुने ऐतिहासिक केन्द्रीय अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अमेरिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको छनोट गरिनेछ। सोही मितिमा संयुक्त राज्य अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गरिने छ।

अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र आम प्रवासी नेपालीको उत्साहजनक सहभागिता रहने संयोजक सिटाैलाले बताए । यो तेस्राे अधिवेशनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महाधिवेशन तयारी समितिका संयोजक एवं केन्द्रीय नेता डा. शशांक कोइरालालगायतका उच्च तहका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भइरहेको संयोजक सिटौलाले जानकारी गराए।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई प्रवासबाट बलियो साथ र सहयोग पुर्‍याउने उद्देश्यसहित आयोजना हुन लागेको तेस्रो केन्द्रीय अधिवेशनलाई ऐतिहासिक रूपमा सफल पार्न अमेरिकाभर रहेका च्याप्टरहरू र सम्पूर्ण क्रियाशील सदस्यहरू पूर्ण रूपमा परिचालित भइसकेको उनले बताए।

नेपाली जनसम्पर्क समिति अमेरिका शेरबहादुर देउवा संयोजक प्रमोद सिटौला

ट्रेन्डिङ ( साप्ताहिक )