




मकवानपुर । भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु** भएको छ।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको** प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका छन्। दुर्घटनामा ३ पुरुष र २ बालक गरी ५ जना घाइते भएका छन्।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।


