Logo
१ मंसीर २०८३, मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, १८५ कम्पनीको मूल्य घट्यो

अक्षरपाटी
२०८३ मंसीर १ , मंगलबार ०४:११ मा प्रकाशित

काठमाडौं । साताको कारोबारको क्रममा मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर २ हजार ६३६ दशमलव १० विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ३२ अंकले घटेर ४७७ दशमलव २१ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ८३ अंकले घटेर १८२ दशमलव ७७ विन्दुमा कायम भएको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ७३ अंकले घटेर १६१ दशमलव ७६ विन्दुमा झरेको छ।

आज बजारमा कुल १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएका छन्। उक्त कारोबारबाट ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घटेको छ भने एउटा उपसमूहमा वृद्धि भएको छ। कम्पनीगत रूपमा हेर्दा आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज अपर लोहोरे खोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र अपोलो हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी, एभरेष्ट कलर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

समग्रमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा आजको कारोबारमा नेप्से परिसूचक दबाबमा परेको देखिएको छ।

नेप्से सेयर बजार

ट्रेन्डिङ ( साप्ताहिक )