




काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
तिहारपछि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
सुनचाँदी

