Logo
४ मंसीर २०८३, शुक्रबार

सुनको मूल्य एकै दिन तोलामा १२ हजार २०० रुपैयाँले घट्यो

अक्षरपाटी
२०८३ मंसीर ४ , शुक्रबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि २२५ रुपैयाँले ओरालो लागेको छ।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ तोकेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो। तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १५६.९५ अमेरिकी डलर अर्थात् ४.२६ प्रतिशतले घटेर ३ हजार ५२७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतिऔंस ३.१४ अमेरिकी डलर अर्थात् ७.०५ प्रतिशतले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा ठूलो कमी आएको हो।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )