Logo
६ मंसीर २०८३, आईतबार

यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

अक्षरपाटी
२०८३ मंसीर ६ , आईतबार ११:११ मा प्रकाशित

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग निराशाजनक प्रदर्शन गर्दै २६ रनमै अलआउट भएर पराजय बेहोरेको थियो। यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग पराजित भएको थियो।

आजको खेल नेपालका लागि विशेष महत्त्वको छ। यो नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो।

नेपालले अहिलेसम्म यूएईसँग सबैभन्दा धेरै ओडीआई खेलेको छ। दुई टोलीबीच भएका २० खेलमध्ये नेपालले १२ खेल जितेको छ भने ८ खेलमा पराजित भएको छ। नेपालले यूएईविरुद्ध नै सबैभन्दा धेरै जित र हार बेहोरेको छ।

नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो।

नेपालले हालसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।

आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितसँगै ऐतिहासिक बनाउन सक्नेछ। त्यसैले नेपालका लागि आजको खेल जित र शतकको दोहोरो उपलब्धि हासिल गर्ने अवसरका रूपमा रहेको छ।

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप