Logo
६ जेठ २०८१, आईतबार

दिनेश राई खोटाङबाट एक नम्बरमा सिफारिस

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार ०३:०९ मा प्रकाशित

खोटाङ। नेपाली कांग्रेसका युवा नेता दिनेश राई आसन्न प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ एक नम्बरमा सिफारिस भएका छन्।

तरुणदलका पूर्व केन्द्रीयत सदस्य, नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधी–माहासमिति सदस्य राई समानुपातिकतर्फ प्रतिनिधी सभा सदस्यमा खोटाङबाट सर्वसहमत सिफारिस भएका हुन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि बन्द सूचीको सिफारिसमा प्रखर वक्ता समेत रहेका राई खोटाङबाट एक नम्बरमा पर्न सफल भएका हुन्।

शेखर कोइरालाको निकट रहेका राई जनाको नाम सिफारिस हुँदा एक नम्बरमा परेका हुन्। ‘मलाई १ नम्बरमा राख्नु भनेको पार्टीका साथीहरुको मप्रतिको विश्वास हो’, उनले भने।

राईले पदमा नहुँदा पनि खोटाङमा विभिन्न सामाजिक कार्यहरुमा अग्रस्थानमा देखिने नेताका रुपमा चिनिन्छन्। आफूले थालेका अपुरा काम पुरा गर्न प्रतिनिधि सभामा उम्मेदवार बनेको उनले बताए।

‘जुन आशा र भरोसाका साथ १ नम्बरमा छनोट गर्नुभएको छ, यसले मलाई जनताको हितमा काम गर्नसक्छु भन्ने हिम्मत जुटेको छ, म सबै नागरीकको विश्वासको कदर गर्दै काम गर्नेछु,’ उनले भने ।

राई बिपी अध्यायन प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्ष र विदेश विभाग प्रमुख पनि हुन्। उनले भ्रमणका क्रममा धेरै देशको अनुभव संगालेका छन्।

दिनेश राई