Logo
१० भदौ २०८३, बुधबार

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार

अक्षरपाटी
२०७९ मंसीर २२ , बिहीबार ०४:१२ मा प्रकाशित

काठाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते शनिबार बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ।

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।