काठमाडौं । विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान पाँचदिनमा सम्पन्न् भएको छ ।
‘पर्यटन प्रवद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिएका छन् ।
पाँचपोखरी थाड्पाल नगरपालिका को कायालयदेखि पाँचपोखरी सम्म कुहिने र नकुहिने बस्तु पाँच सय किलो फोहर सङ्कलन गरिएको बताए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका र न्यू भिजन नेपालको मुख्य आयोजनामा, नेपाल पर्यटन बोर्ड, गरीमा भ्वाइस टुर आइन ट्राभल्सको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको र कार्यक्रमको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।
पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२०मा१६स्थानमा परेकाे घुम्नैपर्ने पर्यटकीयस्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको बताए ।