Logo
२० वैशाख २०८३, आईतबार

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ११:१२ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए।

ट्रेन्डिङ ( साप्ताहिक )