सोलुखुम्बु । नेपाल विधार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोलुखुम्बुको नेविसंघ जिल्ला कार्यसमितलाई पठाएको पत्रको चौतर्फी आलोचना भएकोछ ।
विधिवत अधिवेशनबाट चयन भएका अध्यक्ष अस्विन थापा नेतृत्वको समिति क्रियाशिल नै रहेका बेला विवादित बनाउने मनसायले विधान विपरित पत्र पठाएको भन्दै त्यसका आलोचना गरिएको हो।
सोलुखुम्बुमा हालै सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बलबहादुर केसीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य र जिल्ला नेतृत्वले नै खुलामखुल्ला असहयोग गरेको विषय पेचिलो बनेका बेला जिल्लामा रहेको आधिकारिक नेविसंघको समितिलाई विवादित बनाएर आफूमाथि लागेको आरोपमा सोलुखुम्बुका जनताको ध्यान अन्यत्र मोड्नलाई मनोमानी रुपमा पत्र लेख्न लगाएको आरोप जिल्लाकै नेताहरुको छ।
नेविसंघ केन्द्रीय समितिमा अहिले एकजना अध्यक्ष मात्रै छन् । उनी आफै ३२ वर्ष उमेर पुगिसकेका र काग्रेस केन्द्रीय समितिले नेविसंघलाई पूर्णता दिन नसकिरहेका बेला जिल्लामा भएका समितिलाई पनि कमजोर बनाउने गरी पत्र काट्नु केन्द्रीय अध्यक्षको गुटगत स्वार्थ रहेको सोलुखुम्बु नेविसंघका अध्यक्ष अिश्विन थापाले बताए।
उनले कुनैपनि बहानामा विधान विपरीत पठाएको पत्र स्वीका नहुने बताए। नेविसंघका अध्यक्षले पठाएको पत्र विधान विपरित भएको प्रश्न उठेपछि अध्यक्ष शेर्पा आफैले पत्र काटेका नवीन बस्नेतलाई तत्काल जिम्मेवारी निर्वाह नगर्न, नगराउन भन्दै पुनः अर्को पत्र काटेर आफ्नै पत्रमाथि स्वयंले संसय उब्जाएका छन्।
आधिकारिक जिल्ला समिति हुँदाहुँदै अमुक व्यक्तिको निर्देशनमा पत्र काटेको र पत्र काटेको केही घन्टामै प्रश्न उठेपछि आफैले पत्र दिएका व्यक्तिलाई जिम्मेवारी निर्वाह नगर्न, नगराउन भन्दै अर्को पत्र जारी गर्नु लाजमर्दो भएको नेविसंघ जिल्ला अध्यक्ष् थापाको भनाइ छ।
उनले भने, ‘हामी यस्ता गलत कदमको घोर भत्र्सना गर्दछौँ। हामी नै आधिकारिक जिल्ला समिति रहेको र त्यसलाई नै थप क्रियासिल बनाएर अधिवेशनउन्मुख हन्छौँ।’