Logo
१९ असार २०८२, बिहीबार

नक्कली नोट सहित पक्राउ

अक्षरपाटी
२०७९ पुस २६ , मंगलबार ०९:०१ मा प्रकाशित

चितवन। नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका १ बस्ने ४२ वर्षीया गंगा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए। उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।