काठमाडौं १ माघ। आजदेखि बैंकहरुले ब्याजदर घटाएका छन्।
माघ १ देखि लागू हुने गरि बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको हो। नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो।
यससँगै १२.१३३ प्रतिशत कायम ब्याजदर अब ११ प्रतिशत कायम भएको छ। तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो।
लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी व्यवसायीले थोरै सहज महसुस गरे पनि उनीहरुले ब्याजदर एक अंकमा झारिनुपर्ने दबाब कायमै राखेका छन्। लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका छन्।
मुद्दती ब्याजदर घटेसँगै कर्जाको ब्याज पनि घट्ने अपेक्षा गरिएको छ।
ब्याजदर