Logo
१९ कात्तिक २०८२, बुधबार

एती एयरलाइन्स दुर्घटनामा परेका १५ जना विदेशीसहित ४७ जनाको शव काठमाडौं ल्याइँदै

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। आइतबार पोखरामा भएको यती एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये विदेशीसहित केही नेपालीको शव आज काठमाडौं ल्याइँदैछ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत तीं शव काठमाडौं ल्याउन थालिएको हो।

विमान दुर्घटनामा निधन भएका ७० यात्रुमध्ये ४७ जनाको शव आज ल्याउन लागिएको हो। सेनाको एमआई १७ हेकिकोप्टरमार्फत तीं शव ल्याउन लागिएको जनाइएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार दुर्घटनामा निधन भएका २३ को शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ।

यती एयरलाइन्स